सँगै मदिरा सेवन गरेका साथीबाट विशालको हत्या READ MORE NEWS
5:37 AM![]() |
सँगै मदिरा सेवन गरेका साथीबाट विशालको हत्या
२१ चैत, तम्घास । बिहीवार भगवती प्राथमिक विद्यालय प्राङ्गणमा मृत अवस्थामा भेटिएका हर्दिनेटाका विशाल गाहाको उनकै साथीले हत्या गरेको खुलासा भएको छ ।
२१ चैत, गुल्मी । बिहीवार भगवती प्राथमिक विद्यालय प्राङ्गणमा मृत अवस्थामा भेटिएका हर्दिनेटाका विशाल गाहाको उनकै साथीले हत्या गरेको खुलासा भएको छ ।
जिल्लाको हर्दिनटा गाविस ६ का २२ वर्षीय विशाल गाहाको आफ्नै साथीले दाउराले टाउकोमा हानेर हत्या गरेकेा प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय गुल्मीले आइतवार बिहान जानकारी दिएको हो ।
प्रहरीका अनुसार गाहाको सोही गाविस ६ कै २० वर्षीय किशोर झाँक्रीले दाउराले हानेर हत्या गरेका हुन् । ‘बुधबार साँझ बिशालसहित अन्य ४ जना बसेर छिमेकी एक होटलमा मदिरा सेवन गरेका रहेछन्’ जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक मकेन्द्र कुमार मिश्रले भने, ‘मदिरा सेवन गरेपछि अन्य साथीहरु हिँडेका र पछि झाँक्री र गाहासँगै निस्केपछि सामान्य विवाद हुँदा झाँक्रीले दाउराले हानेर हत्या गरेको स्वीकारेका छन् ।’
झाँक्री जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा छन् । घटनाबारेमा अन्य अनुसन्धान समेत भैरहेको प्रहरीले जनाएको छ ।
२०७२ चैत २१ गते १०:०६ मा प्रकाशित

![]() |
0 comments