यस्ता छन् टुप्पी पल्नुका अनौठा फाइदा , जुन सुनेर तपाई छक्क पर्नु हुनेछ ।
5:34 AM
सामान्यतय हिन्दु धर्म अनुसार ब्राह्मण जातिले टुप्पी राख्ने चलन छ। कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा रहेको रौंलाई राख्ने गरिन्छ, त्यसलाई नै टुप्पी भनिन्छ । टुप्पीलाई शिखा पनि भन्ने गरिन्छ । धर्म शास्त्रहरुमा टुप्पी राख्नुको विशेष महत्व रहेको हुन्छ ।
शास्त्रहरुमा त्यसको साथसाथै टुप्पी काट्न नहुने कुरा उल्लेख भएको पाईछ । कुनै धर्मशास्त्रले त टुप्पी काट्नुलाइ शिर काट्नु बराबर नै मानिने गरिएको हुन्छ , यसबाट पनि थाहा हन्छ की धर्म शास्त्रले टुप्पी पाल्नु वा राख्नुको महत्व कति छ भनेर । आजकाल टुप्पीलाइ फेशनका रुपमा राख्ने चलन छ तर शास्त्रमा टुप्पीलाई गाँठो पारेर राख्नु पर्ने कुरा र बिहान स्नान गर्दा टुप्पी छोएर मन्त्र पढ्नु पर्ने पनि उल्लेख छ ।
0 comments