news के तपाईलाई थाहा छ ,तपाईको थर कसरी रहन गयो !!!
5:31 AM![]() |
काठमाडौँ , (एजेन्सी) नेपालको सन्दर्भमा खस,आर्य,बाहुन जातिका धेरै थरहरु हुने गर्दछन् । तर ती थरहरु केही सरकारी दर्जाबाट, कुनै थरहरु गाउँको नामबाट अपभ्रंश भएर रहन गए । भण्डारी,अधिकारी, राना जस्ता थरहरु सरकारी दर्जाबाट बनेका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी रहन गयो भन्ने हजुरको जिज्ञासा रहेको भने तपाईको जिज्ञासा मेट्नुहोस् ।
सरकारी दर्जाबाट रहन गएका थरहरू
- अधिकारी – दराको हाकिम
- कार्की – राजस्व अधिकृत
- भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
- भण्डारी – राजकीय कोषको प्रमुख
- लेखक – लेखक
- महत – ग्राम प्रमुख
- रोकाया – महतको सहयोगी
- थापा – सैनिक दर्जा
- खड्का – सैनिक दर्जा
- राना – सैनिक दर्जा
- बुढा – सैनिक दर्जा
- बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलमा रहेका जिल्लाका गाउँहरुको नामबाट रहन गएका थरहरू
जुम्ला
गाउँ– थर - धिता– धिताल
- पाण्डुसेरा– पाण्डे
- सिञ्जा– सिंजापति
- चैडिलागाउँ –चौलागाई
- प्याकुरी– प्याकुरेल
- सिम्खाडा– सिम्खडा
अछाम
गाउँ– थर - तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
- घमिराउँ– घिमिरे
- देवकोट– देवकोटा
- ढुङ्ग्रानी– ढुङ्गाना
- ढाँकु– ढकाल
- बजगाउँ– बजगाई
- रिमा– रिमाल, रसाईली
- स्वाँरा– स्वार
- घोडासैन– घोडासैनी
- पुरासैन– पुडासैनी
- धमाली– धमला
- दर्ना– दर्नाल
- कुइका– कुइँकेल
- चाल्सा– चालिसे
- बारला–बराल
- लामिसाल– लम्साल
बझाङ
गाउँ– थर - रेगम– रेग्मी
- सोत– सोती
- खार– खरेल, खराल
- सुवाडा–सुबेडा, सुवेदी
- बयाना– बनियाँ, बानियाँ
बाजुरा
गाउँ– थर - जमकट्टी– जमरकट्टेल
- छाती– छन्त्याल
- कुँडी– कुड्याल
- बेलकाटे– केलकाटिया
- खातिवाडा– खाती
बैतडी
गाउँ– थर - गाजरी– गजुरेल
डोटी
गाउँ– थर - डोटेखेला– डोटेल
- निरौली– निरौला
- ओझाना– ओझा
- बोगटान– बोगटी
- मुडभरा–मुडभरी
मुगु
गाउँ– थर - खनाया– खनाल
- कालैगाउँ– कल्यान
- खत्याड– खतिवडा
कालिकोट
गाउँ– थर - खिट्किसैन– खिर्सिने
- भुतौ– भुर्तेल
- राँचु– रुचाल
- गेला–गेलाल
- वञ्जाडा–वञ्जाडे
- बाँझकोट–बाझकोटा
रुकुम
गाउँ– थर - सर्पुकोट–सापकोटा
दाङ
गाउँ– थर - रजौरा– रजौरिया
दैलेख
गाउँ– थर - लामाछान्नी–लामिछाने
- बाँस्कोट–बास्कोटा
- बाँस्तोली–बास्तोला
- सातला– सत्याल
- लुयाटी–लुईटेल
- चापागाउँ– चापागाईं
- नेपा–नेपाल
- रिजु्– रिजाल
- पोखर– पोखरेल
- लम्सु– लम्साल
- लम्जी– लम्जेल
- दह– दाहाल, दहाल
- गैह्रा–गैह्रे, गैरे
- भूर्ति– भूर्तेल
- पराजुल–पराजुली
- कोइराली–कोइराला
- दवाडा– दवाडी
- कट्टील–कट्टेल
- भुषाकोट– भुषाल
- सुइय–सुञेल
- वड–वडालमोडासैन–मरासैनी,मरासिनी
- गुरगाउँ– गुरागाईं

![]() |
Tags:
news
0 comments