चितवनका कृषकहरु केरा खेतीमा आकर्षित
6:37 AM![]() |
चितवनमा केरा खेतीबाट गत बर्ष मात्रै १ अर्व रुपैया वरावरको कारोबार भएको छ । केरा खेतीबाट किसानहरुले बार्षिक २५ करोड मुनाफा गर्न सफल भएका छन् ।
परम्परागत रुपमा खेती गर्दा खर्च बढि लाग्ने र उत्पादन कम हुन थालेपछि केरा खेतीमा आर्कषित बनेका चितवनका व्यवसायिक किसानहरुले २५ करोड नाफा गर्न सफल भएका हुन् । चितवन केरा उत्पादक संघका अनुसार गत आर्थिक वर्षमा करिव ४५ हजार मेक्ट्रिक टन केरा उत्पादन भएको थियो । त्यसबाट खर्च कटाएर २५ करोड नाफा भएको चितवन केरा व्यवसायी समितिका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिनुभयो । हावाहुरी र विभिन्न रोगहरुसगै प्लटिङ्गले गर्दा अझ सोचे भन्दा कम उत्पादन भएको उहाँले बताउँनुभयो ।
धान, मकै, गहुँ र कोदो लगायतका उपभोग्य बस्तुको उत्पादन गर्दा समय पनि धेरै लाग्ने र खर्च समेत उत्पादन भन्दा धेरै हुन थालेपछि किसानहरु केरा खेती तर्फ आकर्षित भएका हुन् । पछिल्लो समय चितवन व्यवसायिक केरा खेतीमा समेत अब्बल बन्दै गएको छ । जिल्लामा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रमले केरा खेती विस्तारमा आएको परिर्वतसगैं यहां किसान समेत बढेका छन् । पछिल्लो समयमा चितवनको रत्ननगर, पदमपुर, पिठुवा, बछौली, जुटपानी, जगतपुर, ठिमुरा,र चैनपुर, खैरहनी, कुमरोज, माडी लगायतका ठाउंहरुमा व्यवसायिक केरा खेती गरिदै आएको छ । पाँच वर्षमा जिल्लामा केराखेती तेब्बर क्षेत्रफलमा विस्तार भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । ५ वर्षअघि जिल्लामा ८ सय ५४ बिघामा मात्रै केरा खेती हुने गरेकोमा हाल आएर २५ सय विघामा व्यवसायिक केरा खेती भईरहेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले बताउँनुभयो ।
जिल्लामा हाल ६ सय २० जना किसान केरा खेतीमा संलग्न भएका छन । ६ बर्ष आगाडि झण्डै २० बिघा क्षेत्रमा केरा लगाएका केरा व्यवसायी यज्ञ सुवेदी लक्ष्मणले अहिले ५० बिघा क्षेत्रफलमा केरा खेती गदै आएको बताए । २०५७ सालमा २ बिघाबाट उनले केरा खेती सुरु गरेका थिए । केही लाख लगानीबाट केरा खेती शुरु गरेका उनले अहिले करोड लगानी गर्न सफल छन् । केरा व्यवसायिक समितिका पूर्व अध्यक्ष समेत रहेका सुवेदीले अहिले विदेशबाट फर्किएर युवाहरु समेत केरा खेतीतर्फ आर्कषित भएको बताए ।
केरा खेती विस्तार भएसँगै चितवनमा पछिल्लो समयमा केराको परिकारहरु बनाउने तर्फ समेत किसानहरु आर्कषित बन्दै गएका छन् । केराबाट मम, चिल्ली, खिर, पकौडा, फिङ्गर चिप्स, अचार, रोटी लगायतका खाद्य परिकार बनाउने गरिन्छ । बाइट
चितवन जिल्लामा मालबोक, जहाजी, रोबस्ट्रा(हरियो केरा) र हाइब्रिड जातका केरा खेती हुँदै आएको छ ।

![]() |
0 comments