मुस्ताङको छुसाङमा हिमालकी रानी भनिने दुर्लभ हिमचितुवा भेटियो
6:38 AM![]() |
मुस्ताङको छुसाङ–५ मा दुर्लभ बन्यजन्तु हिमचितुवा भेटिएको छ । आइतवार साँझ घाईते अवस्थामा स्थानीयले भेट्टाएका हिमचितुवाको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले उद्दार गरेको छ ।
छुसाङको हिमाली क्षेत्रबाट बस्ती तर्फ आइरहेको अवस्थामा स्थानीयले देखेपछि एक्यापलाई खबर गरेका थिए । एक्यापले उद्दार गर्ने क्रममा समेत हिमचितुवालार्य चोट लागेको उद्दारमा संलग्न एक्याप जोमसोमका प्रमुख निरु थापाले बताउनुभयो ।
हिमचितुवाको दुईवटै खुट्टामा चोट लागेको छ । गम्भीर अवस्थामा भेटिएकाले उपचारका लागि सदरमुकाम जोमसोम ल्याउँने तयारी भइरहेको छ । आइतबार साँझ करिव ७ बजे भेटिएको चितुवालाई सवारीसाधनको प्रयोग गरेर सदरमुकाम जोमसोम ल्याउने तयारी भइरहेको हो । लोप हुदै गएको हिमचितुवाको संरक्षणमा एक्यापले स्थानीयबासीसँग सहकार्य गरेर संरक्षणको पहल भइरहेको अवस्थामा लुकिछिपी शिकार समेत गर्ने गरिएको छ । उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने दुर्लभ बन्यजन्तु हिमचितुवाको अवस्था र संख्याको गणना गर्ने सयन्त्र समेत बनाइएको छ । एक्यापले अमेरिकी सहयोग नियोग अन्र्तरगतको हरियो बन कार्यक्रमले गणनाको क्रममा डिएनए जाँच, दिशा, पाइला, पिसाब, खोस्रेको ठाँउ र पशुचौपायालाई आक्रमण हुने स्थान लगायतको संकलन गरेपनि हिमचितुवाको यकिन संख्या भने सार्वजनिक गरेको छैन ।
उपल्लो मुस्ताङको छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरको माथिल्लो क्षेत्रमा ‘हिमाली रानी’ समेत भनिने हिमचितुवा देखिने गरेका छन् ।

![]() |
0 comments