विद्यार्थीलाई राष्ट्रभक्ति र असल नागरिक बनाउन पाचँथरमा सुरू भयाे सयदिने शैन्य तालिम - See more at

8:48 PM

राष्ट्रभक्ति,अनुशासन तथा नेतृत्वको भावना जागृत गर्ने उदेश्यले पाँचथर सदरमुकाम फिदिममा फिदिम उच्च माविका विद्यार्थीहरुलाई छनौट गरी राष्ट्रिय सेवा दलको तालिम प्रदान गर्न थालिएको छ ।
भैरवी दल गणको सहयोगमा फिदिम उच्च माविका छात्रछात्रा गरेर ३६ जना विद्यार्थीलाई उक्त तालिम प्रदान गर्न थालिएको गणका गणपति शिवराज पन्तले जानकारी दिनुभयो । उक्त तालिमको सोमबार फिदिम उच्च माविमा आयोजित एक कार्यक्रमका वीच प्रथम प्रवचन एवम तालिमको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले शुभकामना ब्यक्त गर्दे राम्रो मान्छे होइन असल मान्छे बन्न तालिममा छनौट भएका विद्यार्थीलाई सुझाव दिनुभयो ।
यस्तै भैरवी दलका गणपति पन्तले विपत्तमा परेको वेला,सहयोग गर्नेदेखि लिएर राष्ट्रभक्ति,अनुशासन तथा नेतृत्वको भावना जागृत गर्ने उदेश्यले तालिम संचालन गर्न लागिएको वताउनुभयो ।
यो मुलकको ८९ वटा विद्यालयमा यस्तो तालिम संचालन भएको र यो तालिम बाट पछि क्रमश छनौट हुँदै गए वाहिरी देश भारत,श्रीलंका,बंगालेदश सम्मको तालिममा ती विद्यार्थीलाई सहभागि गराईने कार्यक्रममा जानकारी गराइयो ।
अहिले ती विद्यार्थीलाई विहान ६.३० देखि ८.३० वजेसम्म तालिम दिइने वताइएको छ । जिल्लामा उक्त तालिम ७९ दिन र मोरङको याङशिलामा २१ दिन सम्म चल्ने छ । तालिममा अनुशाशित,बफादारिता,नेतृत्व र राष्ट्रभक्त,देशभक्ती सम्वन्धी विषयमा प्रशिक्षण दिइने तालिम अधिकृत सेनानी गणेश बहादुर थापाले वताउनुभयो ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: