बफ म:म त पक्कै खानु हुन्छ होला , खानु हुन्छ भने यो VIDEO हेर्नुहोस त , जन-चेतनाका लागि SHARE गर्ने कि ? ( भिडियाे सहित)
4:09 AM![]() |
काठमाडौँ, २४ असार – आपूर्तिमन्त्री गणेशमान पुनले मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताउनुभएको छ । आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतको टोलीले आज गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज मिट’ नाम गरेको बधशालामा बेच्न लागिएको मासुमा किरा भेटेपछि सबै मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताउनुभएको हो ।
मन्त्री पुनले अनुगमनपछि सञ्चारकर्मीसँग भन्नुभयो, “ उपभोक्तालाई असर पुग्ने कुनै पनि सामग्री बिक्री वितरण गर्ने अधिकार कसैलाई छैन, यदी त्यसो गरेमा कानुनअनुसार कडा कारबाही हुन्छ ।” उक्त बधशालामा अव्यवस्थित रुपमा मासु काट्ने स्थान र मासु काट्दा निस्कने फोहोर यत्रतत्र छरिएर राखिएको हुँदा मासु पसललाई सिलबन्दी गरिने तयारी गरिएको छ । तत्काल सिलबन्दी गर्दा उक्त बधशालामा रहेको मासु र मासुबाट निस्कने फोहोरले स्थानीयवासीलाई थप असर पुग्ने हुँदा सञ्चालकलाई सफा गर्ने समय दिएको छ ।

![]() |
0 comments