सस्तोमा सुन ल्याइदिने भन्दै २० लाख ठगी read more news

4:35 AM

आइतबार, ०२ साउन २०७३, १० : २४ 
सस्तोमा सुन ल्याइदिने भन्दै २० लाख ठगीविराटनगर- ५० हजार रुपैयाँमा प्रतितोला काँचो सुन ल्याइदिने लोभमा २० लाख रुपैयाँ ठगेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी–२ मा सुनचाँदी कारोबार गर्ने डम्बर विश्वकर्मासित २० लाख रुपैयाँ ठगेका झापा शर्णामति–५ का धनपति भट्टराईलाई पक्राउ गरिएको हो।
 पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिएसपी कृष्ण पगेंनीको नेतृत्वमा भट्टराईलाई काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालबाट पक्राउ गरेर विराटनगर ल्याइएको हो। भट्टराई भक्तपुरको ठिमीस्थित डेरामा बस्दै आएका थिए। प्रहरीले बेलबारीमा शनिबार पत्रकार सम्मेलन गरी भट्टराईलाई सार्वजनिक गरेको छ। क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका डिएसपी कृष्ण पगेंनीका अनुसार, सुन व्यवसायी विश्वकर्माबाट २० लाख रुपैयाँ ठगेपछि भट्टराई भक्तपुरको ठिमीस्थित डेरामा लुकेर बसिरहेका थिए।
 जेठ २६ गते बेलबारीको सन्जिव ज्वेलर्स पुगेका भट्टराईले सस्तोमा ७५ तोला काँचो सुन ल्याइदिने लोभ देखाउँदै प्रोपाइटर विश्वकर्मासित २० लाख रुपैयाँ मागेका थिए। ‘काँचो सुन प्रतितोला ५० हजार रुपैयाँमा ल्याउने प्रलोभन देखाए,’ डिएसपी पगेंनीले भने, ‘विश्वकर्मा पनि सस्तोमा सुन आउने लोभमा परेर २० लाख रुपैयाँ दिन राजी भए।’
 प्रहरीका अनुसार, मोरङको कोसीहरैंचास्थित लेगुवा होटलको कोठामा भट्टराईले सुन व्यवसायी विश्वकर्मालाई पैसा लिएर आउनू भनी बोलाए। विश्वकर्मा झोलामा २० लाख रुपैयाँ हालेर होटल पुगे। ‘विश्वकर्माले झोलामा ल्याएको पैसा लिएर भट्टराईले कालो झोलामा हालेर सुटकेसमा राखे। र, सुटकेसको चाबी लगाइदिए,’ डिएसपी पगेंनीले भने, ‘त्यसपछि भट्टराईले कसैलाई फोन लगाए, सुन आउन केही समय लाग्छ, आएपछि म आफैं पसलमा पुर्‍याइदिन्छु भन्दै नगद लिएर जान भने।’ सुटकेस खोलेर भट्टराईले कालो झोला झिकेर विश्वकर्मालाई दिए। विश्वकर्मा ‘पैसाको बिटो’ भएको त्यो कालो झोला बोकेर फर्किए।
 घर फर्किएका विश्वकर्माले निकैबेर कुरे। तर, भट्टराई काँचो सुन लिएर आएनन्। उनी शंकालु भए। र, झोला खोलेर हेर्दा पैसाजस्तै काटिएको कागजको २८ थान बिटोमात्र रहेको देखेपछि उनको होसहवास उड्यो। ‘भट्टराईले सुटकेसभित्र पहिलादेखि नै कागज काटेर पैसाको जस्तै बिटो बनाएर राखेका थिए,’ डिएसपी पगेंनीले भने, ‘विश्वकर्माले दिएको पैसाको बिट्टो राखेर भट्टराईले कागजको बिट्टो बनाएको झोला दिएर पठाए।’ विश्वकर्माले इलाका प्रहरी कार्यालयमा ठगीको जाहेरी दिएपछि प्रहरीले भट्टराईको खोजी तीव्र पारेको थियो।
 प्रहरीले भट्टराईसँग रहेको १० लाख रुपैयाँ पनि बरामद गरेको छ। धेरैपटकको भेटघाटपछि भट्टराईले सुन कारोबारी विश्वकर्माको आनीबानी थाहा पाएका थिए। ‘सस्तोमा सुन ल्याइदिने प्रलोभनमा विश्वकर्मा फस्ने योजना बनाएर भट्टराईले पैसा ठगेका हुन्,’ डिएसपी पगेंनीले भने, ‘पैसा ठगेपछि पनि भट्टराईले सुन लिएर आउँदैछु भनेर मोबाइलमा भनिरहे, बिर्तामोड पुगेर एक रात होटलमा बसी भक्तपुर भागेका थिए।’
प्रहरीका अनुसार, भट्टराईमाथि ठगी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थपेर अनुसन्धान भइरहेको छ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: