एजेन्सी । शरीरको स्वास्थ्यलाई सन्तुलन कायम राख्न मसाजले उल्लेखनिय भूमिका निर्वाह गर्दछ । शरीरका सबै अंगहरुको मसाज गर्नु राम्रो मानिन्छ । तर पैतालाको मसाज तपाईले गर्नुभयो भने तपाईको सिंगो शरीर धानेर हिँड्ने यो भागका कारण पुरै शरीरले आजन्द महशुस गर्दछ ।
पैतालाको मसाजका कारण शरीरका अन्य अंगले पनि आनन्दित महशुस गर्दछन् र थकित मानिसले फ्रेस महशुस गर्ने गर्दछन् । मसाज थेरापीको माध्यमबाट तपाईले घुँडा भन्दा तलको भाग र विशेष गरी पैतालाको मसाज गर्नुभयो भने तपाई कुनै कामबाट थकीत बनेर आएपछि पनि आनन्दित महशुस गर्नुहुनेछ ।
किनकी पैतालाको शरीरका महत्वपूर्ण अंगहरु मष्तिष्क, हृदय, लगायतका अंगहरुसँग प्रत्यक्ष संसर्ग भइरहेको हुन्छ । जब तपाईले खुट्टाका पैतालाको मसाज गर्नुहुन्छ तपाईको रक्तसंञ्चारले गति पाउँछ । जसका कारण शरीरमा स्पर्ती बढ्न पुग्छ ।
0 comments