ओलीले सपना मात्रै देखाएनन सपना पनि पुरा गर्दिएका छन् रुकुम बासीलाई तुईन हटाएर ८ वटा झोलुङ्गे पुल निर्माण गर्न सफल ओली सरकार
7:24 AM![]() |
काठमाडौं – पहाडी जिल्ला रुकुममा यसवर्ष मात्र ८ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविस कार्यालय लगायतका निकायको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलङ्गे पुल निर्माण गरिएका हुन ।
झोलङ्गे पुल निर्माण भएपछि जिल्लाका विभिन्न ठाउँमा रहेका सर्वसाधारणहरुलाई आवतजावत गर्न निकै सहज भएको छ । यो सँग जिल्लामा अहिलेसम्म ९० वटा भन्दा वढि झोलङ्गे पुल निर्माण भएको र यो बर्ष मात्र ८ वटा पुल निर्माण गरिएको रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।
सरकारले खोलामा रहेका तुईन हटाएर झोलङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएसँगै जिल्लामा झोलङ्गे पुल निर्माण गर्न कार्यक्रमले प्राथामिकता पाउँदा तीव्र गतिमा पुल निर्माण कार्य भईरहेका छन् । आगामी दिनमा पनि जिल्लाका विभिन्न ठाउँमा झोलङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिने लक्ष्य रहेको स्थानीय विकास अधिकारी शर्माको भनाई रहेको छ । २ करोड भन्दा वढि लगानीमा पुल निर्माण गरिएको र जिल्लाका केही ठाउँमा पुल निर्माणको कार्य पनि सुरु गरिएको जिल्ला विकास समितिको कार्यालय रुकुमले जानकारी दिएको छ ।
झोलङ्गे पुल निर्माण भएपछि जिल्लाका १५ भन्दा वढि गाविसका सर्वसाधारणहरु लाभान्वित भएको बताएको छ । उपभोक्ता समिति मार्फत आयोजना निर्माण भएपछि स्थानीयको आर्थिक विकास समेत भएको जिविसले दावी गरेको छ । झोलङ्गे पुल निर्माण भएपछि महिला, बालबालिका, बृद्धबृद्धा, लगायतलाई आवतजावत गर्न सहज भएको छ । विद्यार्थीलाई विद्यालय जान, किसानहरुलाई घास दाउरा ल्याउन पनि सहज भएको स्थानीयको भनाई रहेको छ ।डिसी नेपाल बाट

![]() |
0 comments