वर्षाले पश्चिम तराई डुबानमा read more news

7:51 PM

लक्ष्मीप्रसाद उपाध्याय 
काठमाडौँ, साउन ८ गते ।  लगातार तीन दिनदेखि पानी परेपछि नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, नेपालगञ्जलगायत पश्चिम तराईका क्षेत्र डुबानमा परेका छन् भने पहाडी क्षेत्रमा बाढी पहिरोको जोखिम बढेको छ ।  अझै दुई दिनसम्म पश्चिम नेपालमा पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा अझै बाढी आउन सक्ने र डुवानमा पर्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार बुधबारदेखि लगातार परेको पानीले शुक्रबार नवलपरासीदेखि पश्चिम नेपालका केही क्षेत्रमा डुबान भएको छ ।  उहाँले नेपाली आकाशमा केही दिनयता मनसुन निकै सक्रिय रहेको बताउनुभयो ।
महानिर्देशक डा. शर्माले भन्नुभयो, ‘पश्चिम क्षेत्रका बबई, राप्ती, कर्णाली र महाकालीमा बाढी आउन सक्ने सम्भावना छ ।  पँर्व सावधानी र सर्तकता अप्नाउनुपर्छ । ’ शुक्रबार दिनभर पश्चिम राप्ती र नारायणी नदीको पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेको छ ।
महानिर्देशक डा. शर्माले केही नदी तथा खोलाहरूमा पानीको सतह निकै बढिरहेको बताउनुभयो ।  मौसविद् सुवास रिमालका अनुसार मनसुनको प्रभाव केही दिन पश्चिमी नेपालमा रहने र बिस्तारै पँर्वी नेपालतर्फ सर्ने भएकाले आउँदा केही दिनमा पँर्वतर्फ भारी वर्षा हुने सम्भावना छ ।  PS_Parasi_160722_13754233__n
मौसम पँर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान भैरहवामा १२३ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।  त्यसैगरी सिमरामा १०९ मिलिमिटर र नेपालगञ्जमा ६० मिलिमिटर वर्षा भएको छ ।  यसैगरी जमिन चिराचिरा परेको भँकम्प प्रभावित जिल्लामा अधिक वर्षा हँुदा पहिरो जानसक्ने तर्फ सबैले सचेत र सजग हुन समेत मौसमविद् रिमालले आग्रह गर्नुभयो ।
यसैबीच राससका अनुसार नवलपरासीमा बाढीबाट प्रभावित बनेका समुदायलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।  परासी क्षेत्रमा प्रभावित बनेका स्थानीय बासिन्दालाई परासीस्थित बज्रदल गणको टोलीले उद्धार गरेको हो ।  बाढीका कारण एउटा घरबाट अर्को घरमा जान नसकेका र घरमै जोखिमपँर्ण बस्न बाध्य बढी प्रभावित करिब चार सयलाई उद्धार गरेको बज्रदल गणका गणपति पँर्णप्रसाद ढकालले बताउनुुभयो ।
बिहीबार साँझबाटै भएको अविरल वर्षाका कारण प्रभावित बनेको सदरमुकाम परासीमा बिहीबार रातिदेखिनै नेपाली सेनाको टोलीले प्रभावित समुदायलाई उद्धार गरेको थियो ।
 बाढीबाट बढी मात्रामा प्रभावित हाटबजार क्षेत्र, बुद्धचोक क्षेत्र, नापी शाखा क्षेत्र र नेपाली सेनाको ब्यारेक क्षेत्रबाट प्रभावित बनेको जनसमुदायलाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
वर्षाबाट अहिलेसम्म मानवीय क्षति भएको छैन ।  सदरमुकाम परासी बजारमा अहिले भएको वर्षा पछिल्लो २० वर्ष यताकै सबैभन्दा ठँला भएको परासीका शिक्षक खेमलाल शर्माले बताउनुभयो ।
सदरमुकाम परासीमा ठँलो वर्षाका कारण डुबानपछि स्थानीय प्रहरी प्रशासनले उच्च सतर्कता अपनाएको छ ।  बाढीकै कारण नवलपरासीका एक दर्जनभन्दा बढी खहरे खोलाहरुले नजिकका बस्ती र खेतीयोग्य जमिन कटान गरेको छ ।
यसैबीच नवलपरासीमा पानीको बहाव तीव्र भएकाले त्रिवेणीस्थित नारायणी पुलको ३३ नम्बर फाटक भाँचिएर बगाएको छ भने नारायणीमा आएको बाढीले गण्डक क्षेत्रको कुडिया र त्रिवेणीसुस्ता गाविस डुबानमा परेको छ ।
यस्तै जिल्लाको परासी क्षेत्रसहित हकुई, सुक्रौली, पाल्ही, हरपुर, कुश्मा, रमपुरवा, रामपुर खडौना, बडहरा दुबौलियालगायतका गाउँमा पानी पसेको छ भने अधिकांश धानखेतीमा क्षति पुगेको किसानहरुले बताएका छन् ।  अहिले पनि यस्तै बाढी आउँदा कति बेला के हुने हो भन्ने चिन्तामा स्थानीय रहेका छन् ।
यसैगरी पँर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा बाढीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकले जानकारी दिएका छन् । शुक्रबार साँझ ७ बजे कोसी ब्यारेजमा दुई लाख २५ हजार ८१४ क्युसेक पानीको बहाव मापन भएको छ ।
कोसी नदीमा बाढीको बहाव शुक्रबार बिहानदेखि नै निरन्तर बढिरहेकाले अहिले साँझ ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । सुनसरीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी बाढीको बहावका विषयमा जानकारी दिँदै पहाडी क्षेत्रमा वर्षा रातिदेखि दिनभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो ।
यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी दुई लाख ३५ हजार क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको र त्यस दिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनुभयो । ब्यारेजमा खतरा बढ्न सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: