अस्पतालको फोहरबाट बायोग्याँस
7:59 PM![]()
![]() |
अस्पतालजन्य सड्ने फोहर व्यवस्थापन गर्ने उद्देश्यले अस्पतालले बायोग्यास प्लान्ट जडान गरि वायोग्याँस उत्पादन गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले अस्पतालमा उत्पादन गरिएको बायोग्याँस अस्पतालको शल्यक्रिया कक्षमा उपकरण उमाल्न तथा पानी उमाल्न प्रयोगमा ल्याइएको जानकारी दिनुभयो ।
“अस्पतालमा दैनिक जम्मा हुने सड्ने खालको फोहोर ब्यवस्थापनमा चिन्ता भई रहेका बेला यसैबाट बायोग्याँस निकाल्ने सोच आयो”, मेसु मरासैनीले भन्नुभयो, “बायोग्याँस प्लान्टमा गर्भवती महिलाहरूलाई सुत्केरी गराउदा निकस्ने प्लासेन्टा र अन्य सड्ने फोहर राखिएको छ ।”
भरतपुर अस्पतालमा दैनिक औसत ४५ जना महिलाहरूले सुत्केरी सेवा लिदै आएका छन् ।
राष्ट्रिय गोवरग्याँस निर्माण तथा सेवा प्रालि भरतपुरले ४ लाख ९० हजार रुपियाँको लागतमा सो प्लान्ट निर्माण गरेको हो । २५ घनमिटरको प्लान्ट निर्माणका लागि दुई लाख ८७ हजार रुपियाँ सरकारले अनुदान दिएको कम्पनीका संञ्चालक केशव देवकोटाले जानकारी दिनुभयो ।
अस्पतालले फोहोरबाट ग्याँस निकाल्न थालेपछि दोहोरो फाइदा भएको छ । पहिलो अहिले फोहोर ब्यवस्थापनमा देखिएको चुनौति केही हदसम्म सजिलो भएको छ भने दोश्रो अहिले अस्पतालको शल्यक्रिया कक्षमा प्रयोगमा आउने एलपी ग्याँस पनि जोगिएको छ । अस्पतालका अनुसार अहिलेसम्म महिनामा १० हजार रुपियाँ वरावरको एलपी ग्याँस शल्यक्रिया कक्षमा खपत हुदै आएको थियो ।
![]() |

0 comments