पर्वतका एक युवा गाईपालनबाट मनग्य आम्दानी गर्न सफल
6:28 AM![]() |
श्रम र कर्म गरे आफ्नै गाउँठाउँमै बसेर मनग्य आम्दानी गर्न सकिन्छ । यो भनाइलाई चरितार्थ पारेका छन् पर्वतको कुश्मा नगरपालिकास्थित कटुबाचौपारीका एक युवा हरिकृष्ण तिवारीले । कृषिमा पनि हेयको दृष्टिले हेर्ने पशुपालन गरेका युवा कृषक तिवारीको जीवनमा यसले सकरात्मक परिवर्तन ल्याएको छ ।
करिब ५ बर्ष भन्दा बढी समय शिक्षण पेशामा लागेका तिवारीले शिक्षण पेशा छोडेर व्यवसायिक रुपमा गाइपालन थालेका हुन् । गाई पालनबाट अहिले उनी वार्षिक १३ लाख रुपैयाँ भन्दा बढि आम्दानी गर्न सफल भएका छन् । कुश्मा नगरपालिका–१३ कटुबाचौपारीका २८ वर्षिय हरिकृष्ण तिवारीले जर्सी र होलिस्ट्यान जातका २० वटा भन्दाबढी गाई पालेर त्यसको दुधबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् । अहिले उनलाई भेट्न जानेहरुले गोठमा पालिएका २०, २२ वटा गाईको दूध दुहिरहेको, गोबर सोहोरिरहेको, घाँस, पानी खुवाइरहेको वा औषधिमुलो गरिरहेको अवस्थामा भेट्ने गरेको छ । व्यवसायीक ढंगले पशु पालन र कृषि पेशागर्न सके नेपालीयुवाहरु विदेश जान नपर्ने उनको सुझाव छ ।
उनले २०७० सालदेखि गाईपालन सुरु गरेका हुन् । ७० लाख रुपैयाँ लगानी गरेर गाई फर्म सञ्चालन गरेका उनले फार्मका सबै गाईको बीमासमेत गरेका छन् । फार्मलाई व्यवस्थित एवम् विस्तार गर्न तिवारीले यसै वर्ष कृषि बिकास बैङ्कबाट ३५ लाख रुपैयाँ ऋण समेत लिएका छन् । सार्बजनिक बिद्यालयमा लेखापालन रुपमा रहेर काम गरेका तिबारी अब यान्त्रीकरण गर्दै व्यवसायलाई अगाडि बढाउने योजनामा छन् । बाइट
उनले केही युवाहरुलाई रोजगारी समेत दिएका छन् । कृषि र पशुपालनबाट मासिक राम्रो आम्दानी गर्न सफल तिवारी पर्वतमा मात्र नभई मुलुककै लागि उदाहरणीय बनेका छन् ।

![]() |
0 comments