दिनदहादै कमैयाबस्तीका छ घरमा लुटपाट
10:06 AM![]() |
गुलरिया (बर्दिया), १ साउन । आज बर्दिया जिल्ला ताराताल नगरपालिका–३ को बोर्डर साइटमा बस्ने कमैयाबस्तीका मुक्तकमैयाको घरबाट दिनदहाडै छ जनाको लुटेरा समूहले रु दुई लाख २३ हजारको धनमाल लुटी लगेको प्रहरीले जनाएको छ ।
बर्दियाको सानोश्री ताराताल नप–३ बस्ने मिठ्न थारुको नगद रु ६५ हजार, लक्ष्मी राम थारुको रु १० हजार, राजकुमार चौधरीको रु पाँच हजार, राम किसन थारुको रु नौ हजार, सुमन चौधरीको रु एक लाख १४ हजार र लालरानो चौधरीको रु २० हजार गरी रु दुई लाख २३ हजार बराबरको धनमाल आज दिउँसो ४ बजे लुटेराले लुटेर लगेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

![]() |
0 comments