स्टेजमा गीत गाउदै गर्दा सर्पले डस्दा पनि गयिकाले गाउन छोडिनन : अन्तत उनको मृत्यु
5:24 AM![]() |
काठमाडौँ , २५ चैत्र ।
बिगुल न्युज ।
बिगुल न्युज ।
इन्डोनेशियाकी पपस्टार (पप गायिका ) इर्मा ब्लु आईतबार स्टेजमा गीत गाउदा गाउदै किङ्ग कोब्रा सर्पले आक्रमणबाट ज्यान गएको छ । २९ बर्षीय गायीका इन्डोनेशियाको चर्चित पप गायिका हुन् । उनलाई सर्पले टोख्दा पनि गीत गईरहेकी थिइन् । उनि सधै आफ्नो गायन प्रस्तुत गर्न जाँदा विभिन्न खालका सर्प तथा अजिङ्गर लिएर बडो भयानक एबम रोमान्चक रुपमा स्टेजमा उत्रने गर्थिन। ब्लुले इन्डोनेशियाको वेस्ट जावा, कारावांग भन्ने गाउँमा गीत गाईरहेको थिइन् ।
किङ्ग कोव्राले आक्रमण गरेको ४५ मिनेटसम्म पनि गीत गाइरहेकि थिइन् । प्रतक्ष्यद्रशीका आनुसार ब्लुले उनको गीत गाउने क्रममा कोब्राको पुछरमा टेकेकी थिइन् त्यसैले उनलाइ उनकै सर्पले आक्रमण गरेको हो । पपस्टार ब्लुले उपचार गर्न नमानेर केहि नभए ज़सरी गाईरहिन अनि अजिङ्गरको टोकाईको ४५ मिनेटपछि बान्ता गर्न थालेकी थिइन् । उनले उपचार गर्न नमानेकोले होस्पिटल पुर्याउन ढिला भएकोले उनको ज्यान गएको हो । उनको गायन कला प्रतिको समर्पण र त्यागलाई देखेर सबैले मुक्तकाण्डले सम्मान गरेका छन् ।

![]() |
Tags:
news
0 comments