काठमाडौंमा अस्पतालको शौचालयभित्र नवजात शिशु जिवितै फेला
9:31 AM![]()
![]() |
काठमाडौं, १ साउन । राजधानीको एक अस्पतालभित्र नवजात शिशु फेला परेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–३४ मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको शौचालयभित्र महिना पुगी जन्मेको सालनाल सहितको स्त्री जातको नवजात शिशु शुक्रबार साँझ फेला पारिएको छ ।
शिशुको सोही अस्पतालमा उपचार भइरहेको र अबस्था सामान्य रहेको छ । शिशुका आफन्तको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
![]() |

0 comments