गुरु पुजेर ‘एक्स्ट्रा क्लास’ पढ्न जान्छु भनेर ढाँटेका बालकको बगाएर मृत्यु . . साढे तिन बजेसम्म विद्यालयमा गुरु पुर्णिमा पुजा भयो । ति बालकले अरु साथीहरुसँगै गुरुहरुलाई पुजे । साढे तिन बजे छुट्टी भएर घरतिर लागे । घर पुगे आफ्नी आमालाई भने, ‘म आज एक्स्ट्रा क्लास लिन जानु छ ।’
3:28 AM![]() |
................................................................
साढे तिन बजेसम्म विद्यालयमा गुरु पुर्णिमा पुजा भयो । ति बालकले अरु साथीहरुसँगै गुरुहरुलाई पुजे । साढे तिन बजे छुट्टी भएर घरतिर लागे । घर पुगे आफ्नी आमालाई भने, ‘म आज एक्स्ट्रा क्लास लिन जानु छ ।’
पानी आएको थियो आमाले छाता दिनुभयो र उनी साढे चार बजेतिर घरबाट निस्किए । तर, विडम्वनाको कुरा त्यो यात्रा उनका लागि यो संसारको अन्तिम र एक्स्ट्रा क्लास नै बन्न पुग्यो ।
उनी अर्थात आर्दश विद्याश्रम बोर्डिङ स्कुल तम्घासका कक्षा ४ का विद्यार्थी सुभाष भण्डारी । भण्डारी आज दिउँसो करिव ५ बजेको समयमा सोही आदर्श विद्याश्रम नजिकै रहेको ओख्रेनी खोलाले बगाएर त्यहाँबाट करिव ७ सय मिटर तल डम्पिङ साईड नजिकै करिव ७ बजेको समयमा मृत फेला परेका छन् ।
त्यस विद्यालयका प्राचार्य भगतसिंह खड्काले दिएको जानकारी अनुसार उनी साढे तिन बजेसम्म चलेको गुरु पुजा सकेर घर गएका थिए । उनकी आमालाई उद्वृत गदै खड्काले भने– ‘खै आज त कुनै एक्स्ट्रा क्लास थिएन तर नियतिले उनलाई खै कता डोर्यायो हामीलाई थाहा भएन । हाम्रो स्कुल भन्दा करिव ५० मिटर पर रहेको मद्रसाका मानिसहरुले एक जना बच्चा खोलाले बगायो भनेर मात्र थाह पाएका हौं ।’
प्रचार्य खड्काले एक्स्ट्रा क्लास थिएन भनेपछि उनी घरबाट ढाँटेर साथीहरुसँग खेल्न हिँडेको बुझ्न सकिन्छ । उनको उमेर १० वर्ष भएको बताईएको छ । उनी तम्घासको धागीथुम निवासी लिलाधर भण्डारीका छोरा हुन् ।
त्यस खोला नजिकै रहेका अरु बालकहरुले उनका चप्पल बगाएको र उक्त चप्पल खोज्ने क्रममा सुभाषलाई बगाएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले सशस्त्र र नेपाल पुलिसको टोलीले निज बालकलाई बगेको स्थानदेखि करिव ७ मिटर तल ओख्रनी डम्पिङ साईड नजिकै खोलामा फेला पारेर परिवारजनलाई उनको शव बुझाउन लागिएको जानकारी दिए ।
प्राचर्य खड्काले आफूहरुले आफ्नो होनाहार विद्यार्थी मात्र नभएर देशले नै भविश्यको कर्णधार गुमाएको भन्दै शोक व्यक्त गरे ।

![]() |
0 comments