ग्रह र राशि अनुसार यो महिनाभरिको राशिफल पढ्नुस मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
3:36 AM![]() |
ग्रह र राशि अनुसार यो महिनाभरिको राशिफल पढ्नुस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमहिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्न सक्छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअवसरका लागि केही दौडधुप गर्नुपर्ला। लगनशीलताले मात्र काम बन्न सक्छ। तापनि पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछ।प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। सामाजिक प्रतिष्ठा पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। नाम चलेका व्यक्तिले धोका दिन सक्छन्। शिर वा आँखाको समस्याले सताउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभोगविलासमा मन रमाउनेछ। कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने सम्भावना छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। तर, ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले भने अलि सताउन सक्छ। ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। समयमा जिम्मेवारी पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ। परिवारजनमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। आफ्ना कमजोरीप्रति सजग रहनुहोला, शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमहिनाको सुरु वा अन्त्यतिर बढी फाइदा होला। मेहनत गर्दा चिताएको काम बिस्तारै सम्पादन हुनेछ। खर्च बढ्नुका साथै यदाकदा आर्थिक अभावले पनि सताउन सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। वादविवाद र मुद्दा-मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्। तत्काल फाइदा नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। अरूका विषयमा धेरै चासो नलिनुहोला। २२ गतेदेखि परिस्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoखुसीको समाचार सुन्न पाइनेछ। आम्दानी बढ्नुका साथै चिताएका काममा सोचेजस्तै सफलता हातपर्नेछ। सहयोगीहरू जुट्नाले प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ। राम्रै आम्दानी हुने रोजगारीको अवसर जुट्नेछ। पदोन्नति समेत हुने समय छ। परिस्थितिले मनको डरलाई उत्साहमा रूपान्तरित गर्नेछ। जीवनसाथीको सहयोगले मन प्रफुल्लित हुनेछ। कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। विभिन्न भौतिक साधन तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकीर्तिमानी काम सम्पादन गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। नोकरी प्राप्त हुने सम्भावना छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा उठाउन सकिनेछ। आफ्नो प्रतिभाको धेरैले कदर गर्नेछन्। मान बढ्नुका साथै मनग्य आम्दानी हुनेछ। घरमा मंगलमय कार्य सम्पादन हुने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिस्थितिवश केही बाध्यतामा परिए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। बलजफ्तीले समस्या निम्त्याउनेछ भने मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सरोकार नभएका विषयमा चासो लिने बानीले दुःख पाइनेछ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमौका आए पनि परिबन्धले पछि पार्न सक्छ। खुसीका तरंगहरू परिस्थितिले संकुचित बनाउन सक्छ। शुभचिन्तकहरूको साथ लिँदा परिस्थिति अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। चोटपटक वा हाड–जोर्नीमा कमजोरी देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। २२ गतेपछि स्थितिमा सुधार आउनुका साथै व्यवसायमा लाभ मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसमयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ। घरखर्च बढ्नुका साथै व्यापारमा पनि केही मन्दी आउला। जीवनसाथीलाई समेत पीडा हुन सक्छ। महिनाको तेस्रो साताबाट स्थितिमा सुधार आउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। चुनौतीका पहाड चिर्ने आँट पलाउनेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यापार-व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झन सक्छ। सुखद समाचारले आनन्द पाइएला। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर, पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ। तपाईंका काममा अरूले नै अधिकार जमाउन खोज्नेछन्। पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। काममा पनि केही चुनौती देखापर्न सक्छ। पठनपाठनमा प्रगति भए पनि व्यवसायमा अलि कमजोरीको समय छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। शारीरिक शिथिलता वा आलस्य बढ्नुका साथै उत्साहमा पनि कमी आउने देखिन्छ। प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्न सक्छन्, सचेत रहनुपर्ने बेला छ। दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ। आफ्नो अधिकार जोगाउन कडा रूपमा प्रस्तुत हुनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। एकसाथ अनेक काम सुरु भए पनि परिवारिक असमझदारीले अप्ठ्यारोमा पुर्याउन सक्छ। कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति हुने सम्भावना छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। कृषि तथा व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा चोटपटक वा ज्वरो जस्ता समस्या देखिएलान्। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुने देखिन्छ। साथीभाइ र बन्धुबान्धवको हात लिने चेष्टा गर्दा लाभ मिल्न सक्छ। प्रतिष्ठित व्यक्तित्वसँग मित्रता गाँस्ने अवसर प्राप्त हुन सक्छ।

![]() |
0 comments