गठबन्धनका आन्दोलनकारीले बिद्यार्थीको आँखा फुटाइदिए (भिडियो सहित)
5:12 AM![]() |
काठमाडौं, जेठ ३ आन्दोलनरत संघीय गठबन्धनका कार्यकर्ताले घुसपैठ गरेको आरोपमा आक्रमण गर्दा दुई जना बिद्यार्थी घाइते भएका छन् । आन्दोलन स्थल नजिकै माएतिघर मण्डलामा आनदोलन कारीहरुले आक्रमण गर्दा अर्घाखाँचीका प्रकाश अधिकारी र रामप्रसाद पौडेल घाइते भएका हुन् । आनदोलनकारीको कुटपिटबाट पौडेलको आँखामा चोट लागेको छ । उहाँको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ । अधिकारीको भने टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ । उनीहरु द्युबै जनालाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।
आन्दोलनकारीले माइतीघरमा घुसपैठ गरेको भन्दै दुई जनालाई आक्रमण गरेका हुन् । शान्तिपूर्ण आन्दोलनलाई तनावपूर्ण बनाउने काममा उनीहरु संलग्न रहेकोे आन्दोलनकारीको दावी छ ।
२०७२ असोज ३ गते जारी नयाँ संविधानप्रति असन्तुिष्ट जनाउँदै आएको मधेसी मोर्चा सहितको संघीय गठबन्धनले सोमबार दिनभर सिंहदरबार बाहिर धर्ना र जुलुस प्रदर्शन गरेको छ ।
यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । आफ्ना ११ बुँदे मागप्रति सरकार गम्भीर नभएको गठबन्धनको आरोप छ ।
सोमबारको आनदोलन सकिएसँगै गठबन्धनले भोलिबाट बालुबाटार घेराउ गर्ने कार्यक्रम तय गरेको छ । तर गठबन्धन भित्र कै केही दल भने यो निर्णय प्रति असन्तरष्ट बन्दै आएका छन् ।

![]() |
0 comments