२३ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । अधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । तर, यो अधिवेशन चुनाव गरेर नयाँ नेतृत्व चयन गर्ने सफल हुनेमा भने शंका छ - See more at:

1:10 AM

२३ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । अधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । तर, यो अधिवेशन चुनाव गरेर नयाँ नेतृत्व चयन गर्ने सफल हुनेमा भने शंका छ 
महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर अहिले पनि एउटा समूह कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनसन बसिरहेको छ । र, यो नेवि संघमा अहिले देखिएको विवाद प्रभावशाली नेताहरुसम्म जोडिएको छ ।
चुनिने र टीके प्रवृत्ति2016-08-07_1306
नेवि संघमा लामो समयदेखि दुई प्रवृत्ति (समूह) छ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापाहरुको समूह अधिवेशन गरेर चुनिँदै आएको समूह हो ।
गोविन्द भट्टराई समूह भने अधिवेशनबाट चुनिएर आएको नेतृत्वलाई फालेर मनोनित भएर नेतृत्वमा पुग्नेहरु हुन् । र, यो प्रवृत्तिको विस्तारित रुपको नेवि संघका वर्तमान अध्यक्ष रञ्जित कर्ण । अधिवेशनबाट चुनिएर आएका प्रदीप पौडेललाई हटाएर कर्णलाई पार्टीले अध्यक्ष बनाएको हो ।
अहिले अधिवेशन गर्ने जिम्मा उनको काँधमा छ । कांग्रेसका सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा अधिवेशन गर्ने पक्षमा रहेकाले पनि कर्णलाई दबाव छ । कर्ण स्वयंम भने अहिले रामचन्द्र पौडेल समूहका हुन् । नेवि संघका नेताहरु अहिले देखिएको विवादलाई यो पृष्ठभूमिसँग जोडेर हेर्नु पर्ने बताउँछन् ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: