आइएसको पकड क्षेत्रमा अमेरिकी हवाई आक्रमण
7:48 PMसंयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकारको आग्रहमा आइएस विरुद्ध हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। अमेरिकी सेनाले आइएसको पकड रहेको तटीय शहर सिर्तमा केन्द्रीत भएर हवाई आक्रमण गरेको बिबिसीले जनाएको छ।
लिबियाका प्रधानमन्त्री फायज सर्राजले आक्रमणबाट बिद्रोही पक्षमा ठूलो नोक्सानी भएको बताए। अमेरिकाले लिबियाको संयुक्त सरकारसँग मिलेर आइएस बिरुद्ध कारबाही अभियान चलाएको यो पहिलो पटक हो। यसअघि गएको फेब्रुअरी र नोभेम्बरमा अमेरिकी सेनाले आइएस विरुद्ध हवाई आक्रमण गरेको थियो।
तर त्यसबेला लिबियाको संयुक्त सरकारसँग सहकार्य भने गरेको थिएन। राष्ट्रपति बाराक ओबामाको अनुमति अनुसार नै कारबाही अभियान चलाइएको पेन्टागनले जनाएको छ। एजेन्सी -
0 comments