मुटु रोग, क्यान्सर, पाइल्स साथै आँखाको ज्योती कम हुनेलाई अचुक ओखती रुख कटहर ! - See more at:
9:53 PM![]() |
पाकेको कटहरमा कार्वोहाइड्रेड प्रशस्त मात्रामा पाइन्छ । प्रति १०० ग्राम कटहरमा ९५ क्यालोरी पाइन्छ । यसमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । कटहरले कब्जियतबाट बचाँउछ । यसमा तामा पनि पाइन्छ जसले थाइरोइड ग्रन्थिलाई स्वस्थ बनाउँछ ।
कटहरमा भिटामिन सि, म्याग्नेसियम र पोटासियम पनि पाइन्छ यसमा पाइने पोटासियमले मुटु रोग र क्यान्सर हुनबाट बचाँउछ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न पनि मद्धत गर्छ । कटहरले कोलोन क्यान्सर र पाइल्सबाट बचाउन पनि मद्धत गर्छ । यसले आँखाको ज्योती तेज बनाउन पनि मद्धत गर्छ । कटहरले छाला चाउरी पर्ने समस्याबाट पनि बचाँउछ । कटहरलाई काँचोमा तरकारीको रुपमा पनि खान सकिन्छ ।

![]() |
0 comments