सूर्यबाट तीन वटा ज्वाला निस्कियो, सूर्यको गतिविधि एक्कासी सक्रिय - See more at:
8:59 PMआफ्नो ११ वर्षे सक्रिय चक्र पूरा गर्ने अवस्थामा पुगेको सूर्यले गएको जुलाई २२ र २३ अर्थात साउन ७ र ८ मा तीनवटा मध्यमस्तरका ज्वाला उत्सर्जित गरेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। यी सन् २०१६ को अप्रिलपछिका सबै भन्दा ठूला सौर्य ज्वाला हुन्। सूर्यको गतिविधि एक्कासी सक्रिय भएकाले यस्तो ज्वाला फैलिएको नासाको भनाई छ।
सूर्यको गतिविधि नियाली रहेको नासाको सोलार डाइनामिक्स अब्जरभेटरी एडिओले ज्वाला उत्सर्जित हुँदाको तस्बिर खिचेको छ। ज्वालाबाट निस्किएको घातक विकिरण पृथ्वीको वायुमण्डल भएर नगएको नासाको भनाई छ। तर यस्ता ज्वालाले जिपिएस तथा सञ्चार सिग्नललाई भने अवरोध गरेको थियो।
यसबाट डराउने पर्ने अवस्था नरहेको नासाका वैज्ञानिकले बताएका छन्। यो सूर्यमा भइरहने प्रक्रिया हो। सामाजिक सञ्जालमा सौर्य ज्वालाका कारण पृथ्वीमा लामो समय अन्धकार हुनेसहितका हल्ला फैलिए पनि त्यसमा कुनै सत्यता नरहेको नासाले स्पष्ट पारेको छ।
यसअघि सन् २०१४ अक्टोबर–नोभेम्बरमा निश्किएको सौर्य ज्वालाका कारण पृथ्वीमा ६ दिन अन्धकार हुने हल्ला चलेको थियो । यसपटको पहिलो सौर्य ज्वाला जुलाई २२ ९साउन ७० मा पृथ्वीको सतहमा ठोक्किएको नासाले जनाएको छ । दोस्रो ज्वाला जुलाई २३ तथा तेस्रो ज्वाला त्यसको १५ मिनेटपछि पृथ्वीमा ठोक्किएको र यसले केही नोक्सानी नगरेको नासाले उल्लेख गरेको छ । - See more at: http://dcnepal.com/news/news.php?nid=225711#sthash.pObcTjE0.dpuf
0 comments