बिहीबार पोखराको डेभिजफल्सबाट हामफालेका दिपेन्द्र पौडेलको शव भेटियो - See more at:
12:44 AM![]() |
पौडलको शव आज फुस्रेखोलामा भेटिएको प्रहरीले जानकारी दिएको छ। पानीको वहाब बढी भएका बेला छागोमा हामफालेकाले बगेर शवलाई खोलामा पुगेको प्रहरीको अनुमान छ।
हामफालेको कसैले नदेखेपनि उनले लगाउने कपडा, पर्स र चप्पल छाँगोको डिलमा भेटिए पछि खोजी गरिएको थियो । खोजीमा खटिएको क्षेत्रीय प्रहरी गणको उद्धार टोलीले फुस्रे खोलामा शब फेला पारेको हो।
उनको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । पछिल्लो समय पातले छाँगो आत्महत्या गर्ने थलोको रुपमा बिकसित हुँदै गएको छ।

![]() |
0 comments