विवाह समारोहमा तरबार र गोली चल्यो READ MORE NEWS
12:32 AM![]() |
१ साउन, काठमाडौं ।
अंग्रेजी र लोकदोहोरीमध्ये कुन गीत बजााउने भन्ने विवादमा ललितपुरको देवीचौरमा बिहीबार राति गोली चलेको छ ।
वाहिक कार्यक्रममा एउटै गाउँ वरपरका आफन्त भए पनि गीत बजाउने निहुँमा भरुवा बन्दुक पड्कँदा स्थानीय प्रवेश तामाङ घाइते भएका छन् । देवीचौरका मनिक थिङले प्रवेशलाई भरुवा बन्दुक प्रहार गरेका थिए । दोहोरो भिडन्तमा सोनाम तामाङ र सूर्य तामाङसमते घाइते भएको अाजको अन्नपूर्णमा समाचार छ ।
मनिकाको मूहका राजकुमार थिङ, विशाल थिङ र अमित थिङलगायतले तरबारसमेत प्रहार गरेका थिए । प्रहरी टोलीले घटनामा प्रयोग भएको एक थान भरुवा बन्दुक, एक थान तरबारसहित २० जनालाई नियन्त्रणमा लिएको छ । २०७३ साउन १ गते

![]() |
0 comments