काभ्रेमा एक हजार ८०० बालबालिकामा कुपोषण read more news
1:57 AM![]() |
बनेपा, भूकम्पपछि काभ्रेपलाञ्चोकमा झन्डै एक हजार ८०० बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषित बालबालिकामध्ये शीघ्र कुपोषित ९कडा कुपोषण० भएका बालबालिका ९८ जना रहेका छन् ।
विगत एक महिनादेखि जिल्लाका विभिन्न गाविस र नगरपालिकामा भएको सर्वेक्षणमा बसाइँसराइ र पोषिलो खानेकुराको अभावमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा त्यस्तो समस्या देखिएको गैर सरकारी संस्था नेपाली प्राविधिक समूह ९एनट्याग० का जिल्ला संयोजक रवी न्यौपानेले जानकारी दिनुभयो ।
“अहिले पनि हाम्रो काम जारी छ, सम्भवतः तीन सातामा काम सकिएला, त्यसैले यो सङ्ख्या अझै बढनसक्छ” उहाँले भन्नुभयो । जिल्ला संयोजक न्यौपानेले भूकम्पअघि पनि कुपोषणको समस्या बालबालिकामा रहेको तर भूकम्पपछि अझै बढेको उल्लेख गर्दै ९०० जना सुत्केरी तथा गर्भवतीमा पनि कुपोषणको समस्या देखिएको जानकारी दिनुभयो ।
सुत्केरी तथा गर्भवतीमा देखिएको कुपोषण मध्यम खालको हो ।
उहाँका अनुसार बालबालिकाको तौल, उचाइ र पाखुराको नापका आधारमा बालबालिकामा कुपोषण भएको पत्ता लगाइएको हो । जिल्लाका ३६ वटा स्वास्थ्य केन्द्रमा प्राविधिक समूहको सहयोगमा खाना वितरण गरेर उपचार थालिएको छ ।
उहाँका अनुसार बालबालिकाको तौल, उचाइ र पाखुराको नापका आधारमा बालबालिकामा कुपोषण भएको पत्ता लगाइएको हो । जिल्लाका ३६ वटा स्वास्थ्य केन्द्रमा प्राविधिक समूहको सहयोगमा खाना वितरण गरेर उपचार थालिएको छ ।
शीघ्र कुपोषित ९कडा कुपोषण० भएका बालबालिकाको जिल्ला अस्पताल मेथिनकोटमा विशेष उपचार केन्द्र स्थापना गरेर उपचार भइरहेको छ ।
जिल्लाका ३६ हजार २७५ हजार बालबालिकामा कुपोषणको परीक्षण गरिने एनट्यागले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा। अर्जुन सापकोटाले भूकम्पपछिको खानपान र जीवनशैलीका कारण बालबालिकामा कुपोषण देखिएको विश्लेषण सुनाउनुभयो ।
“भूकम्पले निम्ताएको सङ्कट र गरिबी नै कुपोषणको प्रमुख कारण हो,” उहाँले भन्नुभयो । रासस

![]() |
0 comments