रनबीरमाथि सलमानको रिस, ‘मलाई उनको टाउकोमा कुर्सीले हान्न मन लाग्यो’ news

6:22 AM

रनबीरमाथि सलमानको रिस, ‘मलाई उनको टाउकोमा कुर्सीले हान्न मन लाग्यो’
२ साउन | एजेन्सी
बलिउड अभिनेता सलमान खान एकपटक फेरी विवादास्पद बयान दिएर चर्चामा आएका छन् । यसपटक सलमानले अभिनेता रणबीर सिंहमाथि रिस पोखेका छन् । वास्तवमा रणबीर सिंहको एउटा भिडियो सार्वजनिक भएको छ । पेरिसमा सलमानको भर्खरै रिलिज भएको फिल्म ‘सुल्तान’ को स्क्रिनिङ चलिरहेको थियो त्यही क्रममा रणबीरले स्टेजमा गएर स्टन्ट गर्न सुरु गरे ।
सलमान खानलाई रणबीर सिंहको भिडियोबारे उनलाई सोध्दा उनले निकै विवादास्पद बयान दिएका छन् । ‘मलाई रणबीरको टाउकोमा कुर्सीले हान्न मन लाग्यो । फिल्म हेर, स्टन्ट नगर,’ उनले भने, ‘त्यहाँ मानिसहरु सुल्तान हेरिरहेका थिएनन् । रणबीरले आफूलाई मात्र हेर्न मानिसहरुलाई बाध्य बनाइरहेका थिए । यसका लागि हामीले उनलाई चार्ज गर्नुपर्छ ।’
वास्तवमा जुन भिडियो सार्वजनिक भएको थियो त्यसमा फिल्म ‘सुल्तान’ को स्क्रिनिङ चलिरहेको थियो र रणबीर स्टेजमा गएर स्क्रिनको ठ्याक्क अगाडि ‘बेबीको बेस पसन्द हे’ भन्ने गीतमा डान्स गरिरहेक थिए ।
स्मरण रहोस्, सलमानको यस्तो व्यवहार यो पहिलो भने होइन । केही समय पहिले पनि सलमानले बलात्कारको विषयमा विवादास्पद बयान दिएर चर्चामा आएका थिए ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: