news
2:15 AM![]() |
कसले भन्छ नयाँ सरकार बन्न सक्दैन ? यी हेर्नुहोस् संविधानमा स्पष्ट व्यवस्था छ
काठमाडौं, ४ साउन । केही कानुनविद तथा नेताहरुले संविधान त ओली सरकारको विकल्पमा अर्को सरकार गठन हुनै सक्दैन भनीरहेको अवस्थालाई संविधानको धार २९८ ले खारेज गरेको पाइन्छ ।
संविधानको धारा २९८ को उपधारा १,२ र ३ मा संविधान जारी भइसकेपछीको अवस्थाको संक्रमणकालका लागी स्पष्ट व्यवस्था गरेको देखिन्छ ।
सरकार छोड्न आनाकानी गरिरहेका एमालेका अध्यक्ष तथा हाल काम चलाउ सकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग पुग्ने गरी एमालेकै पार्टीमा संलग्न भिमाजुर्न आचार्य लगायतले नयाँ सरकार गठनको व्यवस्था नभएको भन्दै हल्ला मच्चाईरहेका छन् ।
संसदमा पेश भएको अविश्वासको प्रस्ताव पारित भएमा पनि नयाँ सरकार गठन हुन नसक्ने भन्ने बहस अहिले चर्चामा छ । सरकार अल्पमतमा परे पनि अथवा प्रधानमन्त्रीले राजिनामा दिए पनि नयाँ सरकार बनाउने प्रावधान संविधानमा उल्लेख नभएको एमालेवृत्तमा चर्चा छ ।
यो विषयमा कानूनविदहरुसमेत बाँडिएका छन् । कानूनविद भनिएकाहरु पनि अहिले पार्टी तथा नेताको निर्देशन अनुकुलको ब्याख्या गरिरहेका छन् ।
कानूनविद तथा अधिवक्ताहरुले आफू अनुकुल ब्याख्या गरेका मन्त्रिपरिषद गठन सम्बन्धमा संक्रमणकालीन ब्यवस्थामा के छ ?
यस्तो छ संबैधानिक व्यवस्था
माथि उल्लेखित संबैधानिक व्यवस्थाले नयाँ सरकार गठनका लागी ढोका खुल्ला राख्ने स्पष्ट गर्दछ । तर केही पार्टीगत कानुविज्ञको कुतर्कका कारण सरकार नछोड्ने ओली मनसायलाई सहयोग गरिरहेको छ ।
माथि उल्लेखित संबैधानिक व्यवस्थाले नयाँ सरकार गठनका लागी ढोका खुल्ला राख्ने स्पष्ट गर्दछ । तर केही पार्टीगत कानुविज्ञको कुतर्कका कारण सरकार नछोड्ने ओली मनसायलाई सहयोग गरिरहेको छ ।

![]() |
0 comments