दलहरुबीचको आ-आफ्नै अडानले युद्धको मैदान बन्दै संसद्, बैठक बस्ने मै अन्यो -

9:01 PM



काठमाडौं, ६ साउन - दलहरुबीचको आ-आफ्नै अडानले संसद् भवन यतिवेला युद्धको मैदान जस्तै बनेको छ।

आश्रित विधेयक र प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव कुन पहिले अघि बढाउने भन्ने विषयमा दलहरुबीच विवाद भएपछि संसद बैठक थप अन्योल तर्फ थकेलिएको हो।

सभामुख ओनसरी घर्ती मगरले संसदमा अविश्वासको प्रस्तावको सूचना दर्ता भइसकेको र यसअघिको मान्यतालाई मनन गर्दै अविश्वासको प्रस्तावलाई मात्रै कार्यसूचीमा राखेर बैठक आह्वान गरेपछि दलहरुबीच धु्रविकरण सुरु भएको हो। सभामुख घर्तीले संसद बैठक बिहान ११ बजेका लागि बोलाएकी छिन्।

तर, संसदको कार्यसूचीलाई लिएर सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र-कांग्रेस गठबन्धनबीच विवाद उत्पन्न भएको छ।

सरकार पक्षीय दलहरुले संसदले पास गर्न बाँकी रहेका तीनवटा आश्रित विधेयकलाई पहिले पारित भएपछि मात्रै अन्य विषयमा छलफल गर्नु पर्ने अडान राखेको छ। तर, माओवादी-कांग्रेस गठबन्धनले भने प्रधानमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले त्यसलाई नै अघि बढाउनु पर्ने अडान राखेका छन्। यी दुई पक्षको आआफ्नै अडानका कारण बिहीबारको संसद बैठक नै अन्योलमा परेको हो।

सभामुखले दलहरुबीच सहमतिका लागि बुधवार दिनभर प्रयास गरेपनि त्यो सफल हुन सकेन। कार्यव्यवस्था परामर्श समितिमा पनि सरकार पक्षीय र अविश्वासको प्रस्ताव दर्ता गराएका दलका सदस्यहरुबीच विवाद भएको थियो।

एमालेले बजेटसम्बन्धी आश्रित विधेयक पारित गर्ने यसअघिको एजेन्डालाई कार्यसूचीबाटै हटाएको र बिहीबार बस्ने संसद बैठकमा उक्त विषयलाई कार्यसूचीमा नराखेर वैठक सुरु गरे संसद चल्न नदिने चेतावनी दिएको छ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: