तरकारीको मूल्यमा पच्चीस प्रतिशतको वृद्धि

10:25 AM

तरकारीको मूल्यमा पच्चीस प्रतिशतको वृद्धि

लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौँ उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।
ढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार यी विभिन्न कारणले गर्दा गत वर्षभन्दा यस वर्ष तरकारीको मूल्य २५ प्रतिशतले वृद्धि भएको छ । सामान्यतया कालीमाटी तरकारी बजारमा दैनिक आठदेखि ९०० टन तरकारी भित्रने गरेकोमा केही दिनयता दैनिक ६०० टन मात्र तरकारी भित्रिएको छ । आयात कम हुँदा पनि मूल्यवृद्धि भएको हो ।
हिउँदको समयमा बढीमात्रामा तराईका जिल्लाबाट तरकारी आयात हुने भए पनि नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुरलगायत पहाडका जिल्लाबाट मात्र तरकारी आयात भइरहेको छ ।
आज कालीमाटी तरकारी बजारमा थोक मुला प्रतिकेजी रु १४, बन्दा रु २४, गोलभेँडा रु ८०, काउली रु ७०, करेला रु ५०, भिन्डी रु ४०, काँक्रो रु ७०, आलु रु ५८ मूल्य रहेको व्यापारी विष्णु कँडेलले जानकारी दिनुभयो ।
व्यापारी कँडेलका अनुसार तरकारीको उत्पादन कम हुँदा कृषकसँग महँगोमा खरिद गर्नुपरेकाले उपभोक्तालाई बढी मूल्य परेको हो । रासस

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: