एचआईभी संक्रमित दीक्षा रिमाल अफ्रिकामा सम्मानित
10:19 AM![]() |
चितवनकी एचआईभी संक्रमित दीक्षा रिमाल अफ्रिकामा सम्मानित भएकी छिन् । उनलाई अफ्रिकामा अन्तराष्ट्रिय रेड रिवन अवार्ड २०१६ प्रदान गरिएको हो ।
२१ औं अन्तराष्ट्रिय एड्स सम्मेलन २०१६ को अवसर पारेर एचआईभी संक्रमित रिमाललाई १० हजार डलर सहित उक्त अवार्ड प्रदान गरिएको हो । उनी सहित अन्य विभिन्न देशका साहसिक महिलाहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो । नेपालबाट सो अवार्डका लागि २० जना सहभागी थिए ।
एचआईभी संक्रमित भएर पनि समाज परिवर्तन र संक्रमितहरुको जीवनस्तर परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकोमा रिमाललाई अवार्ड प्रदान गरिएको जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरी न्यौपानेले जानकारी दिनुभयो । श्रीमानबाट एचआईभी संक्रमित भएकी रिमालले समाजमा खुलेर विगत १ दशक देखि सक्रिय रुपमा सामाजिक काम गर्दै आएकी छिन् । उनले २०६२ सालमा चितवन सक्रिय महिला प्रतिष्ठान नामक सामाजिक संस्था स्थापना गरी ३४ जनालाई रोजगारी समेत दिंदै आएकी छिन् ।
रिमालले यसअघि १५ देशमा एचआईभी संक्रमितको केस स्टडी पुरस्कार र सन् २००५ मा मिसेस एचआईभी स्टीमा फ्रि कन्टेष्ट अवार्ड समेत पाएकी थिईन् ।

![]() |
0 comments