चार कार्यालय डुबानमा

12:16 AM


 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि लगातार परेको पानीले यहाँका चार कार्यालय डुबानमा पारेका छन् । गए राति १ बजेदेखि सुरु भई अहिलेसम्म निरन्तर रुपमा परिरहेको पानीले जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत, मालपोत र कारागार कार्यालयलाई डुबानमा पारेको छ । वर्षाको पानीले चार वटै कार्यालयका परिसर जलमग्न भएका छन् भने अगाडिको बाटो र नालासमेत डुबानमा परी बाटो समेत नदेखिने अवस्थामा पुगेको छ ।

 चार वटै महत्वपूर्ण कार्यालय वर्षाको पानीले जलमग्न भएपछि सुरक्षाकर्मी तथा अदालत, मालपोत र कारागारका कर्मचारीलाई विभिन्न कामकाज गर्न समस्या भएको छ । कामको सिलसिलामा आएका सेवाग्राहीलाई पनि लगातारको वर्षाले गर्दा निकै समस्या भएको छ । जलेश्वरमा एक किमी पनि पक्की बाटो छैन । नगरमा ढल निकासको उचित व्यवस्था नभएका कारण पानी परेपछि पटक पटक ती कार्यालय डुबानमा पर्ने गरेका छन् । ढल निकासका नाममा बर्सेनि लाखौँ रकम आए पनि जलेश्वर नगरपालिका र जिविस महोत्तरीको लापर्बाही र उदासीनताका कारण सदरमुकाममा वर्षौंदेखि पक्की बाटो र नालाको समस्या यथावत् छ ।

 जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माधवेन्द्र चौधरीले आफू केही दिअघि मात्रै नगरपालिकामा आएको बताउँदै अहिले वर्षायाम लागिसकेकाले यसको स्थायी निकास सम्भव नभएको तर आउँदो सुख्खायाममा निकास दिन ठूलो नाला निर्माण र ह्युम पाइप राखिने योजना रहेको जानकारी दिनुभयो । स्थानीय विकास अधिकारी कृष्ण चापागाईले नगरक्षेत्रभित्रको ढल निकास मर्मतसम्भार तथा निर्माण लगायत काम नगरपालिकाको रहेको बताउँदै सानातिना मर्मत सम्भार गर्न सकिने भए पनि जिविससँग त्यसका लागि बजेट नरहेको स्पष्ट गर्नुभयो ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: