यस कारणले महिलाले हस्तमैथुन गर्नुपर्छ

1:12 AM

अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो । हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।

१. खुशी दिन्छ
‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले मानिसको मूड अझ राम्रो बनाउछ ।

२. शरीरसँग अझ सहज हुन सकिन्छ
शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर भन्छिन् ।

३. सेक्स लाइफमा सुधार ल्याउन सक्छ
हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर पत्ता लगाउन सहयोग गर्छ । यसबाट आत्मविश्वास बढ्छ र पार्टनरसँगको संबन्धसम्बन्ध सुमधुर हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई पनि भन्न सकिन्छ ।

४. निद्रा लाग्छ
हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि राम्रोसँग निद्रा पर्छ । चरमोत्कर्षले शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस राम्रोसँग  सुत्छन्, यसले तनावरहित र सन्तुष्ट बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।

५. यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
यदि सेक्स नगर्ने निर्णय गरिएको छ भने यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।

६. महिनावारीको समयमा हुने पीडा हटाउछ
हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो उपाय हो ।

७. तनाव घटाउँछ
यसले योगा गरिएजस्तो र खुट्टाको मसाज गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।

८. शरीरलाई यौनिक बनाइराख्छ
सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।

९. हस्तमैथुनका साधन उपलब्ध हुन्छन्
युवतीहरुका लागि बजारमा हस्तमैथुनका साधन उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक आनन्द लिन सकिन्छ ।

१०. चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ
शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ, त्यसलाई राम्रोसँग  बुझनुपर्छ । पुरुषका लागि चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई चरमोत्कर्षमा पुग्न समय लाग्छ ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: