नेवार समुदायमा प्रचलित घण्टाकर्ण पर्व आज मनाइदैं
8:14 PM
नेवार समुदायमा प्रचलित गठे मंगल पर्व आज मनाईदै छ । श्रावण चतुदर्शीका दिन मनाईने यो पर्वलाई घण्टाकर्ण चर्तुदशी पनि भन्ने गरिन्छ ।
यस दिन दुष्ट आत्मा र भूतप्रेत पन्छाउन घर सफा सुग्घर गरी राक्षसीस्वरुपको घण्टाकर्ण दहन गर्ने चलन छ । दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगल घाम अस्ताएपछि टोलबासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदिमा लगेर बिर्सजन गर्ने परम्परा छन् । धान रोपी सकिएपछि घर भित्रका दूषित किटाणु, उपियाँ, उडुस भगाउन धुप बालेर धुँवा पठाउने गन्छि । जसबाट किटाणु भाग्ने जनविश्वास रहि आएको छ । काठमाण्डौंको इन्द्रचोक, म्याँपी लगायतका स्थानमा बिधिबतरुपमा गठा मंगल ठड्याउने चलन छ ।
0 comments